काठमाडौँ । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् । नेपाल सरकारको स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको बेइमानीपूर्वक हिनामिना गर्न खोजेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले जोशीलाई पक्राउ गरेको हो ।
जोशीलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा काठमाडौँ–२ खुर्सानीटारबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
हाल स्मार्ट टेलिकम बन्द छ भने टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको छ । नियमानुसार अनुमतिपत्र (लाइसेन्स) नवीकरण नगरेपछि ‘दूरसञ्चार ऐन, २०५३’ अनुसार स्मार्ट टेलिकमको लाइसेन्स २०८० बैशाख ३ गते रद्द भएको थियो ।
तर, सरकारको स्वामित्वमा आइसकेको टेलिकमको सम्पत्तिमा बेइमानीपूर्वक सरकारको हक टुटाउने उद्धेश्यका साथ काम गरेको पाइएपछि जोशीलाई पक्राउ गरिएको सीआईबीको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्