Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-९ बस्ने सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका-१ घर भएका ३१ वर्षीय शक्ति राई, काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–११ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया विमला दोङ र काठमाडौँ गोकर्णेश्वर नगरपालिका-५ बस्ने ३१ वर्षीय रोशन तामाङ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये शक्तिले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै रु एक लाख ९५ हजार, विमलाले अजरबैजान पठाइदिने भन्दै रु १३ लाख ६० हजार तथा रोशनले क्यानडा पठाइदिने भन्दै रु २४ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मंगलबार वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK