Skip to content
LAXMI SUNRISE BANK

एक्सनमा ट्राफिक प्रहरी: २४ घण्टामै दुई हजार २९३ सवारी चालक कारवाहीमा

अर्थ सरोकार

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको सवारी जाँचका क्रममा दुई हजार २९३ सवारी चालकलाई कारवाही गरेको छ ।

मंगलबार बिहानसम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ११३, राइड सेयरिङमा १८४, रातोबत्तीमा १५७, तीव्र गतिमा १२४, लेनक्रसमा २१९, सडक फुटपाथमा १२३, हर्न निषेधमा ७३, एकतर्फीमा १०५, अन्यमा एक हजार १९५ गरी कुल दुई हजार २९३ जना चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका हुन् ।

उनले भने, ‘चौबिस घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार २९३ जना चालकलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट जम्मा रकम रु २४ लाख २६ हजार एक राजस्व दाखिला भएको छ ।’

मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK