काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सर्दी मार्फत श्री जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
बैंकको नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सिन्जलीलाई स्टेशनरी तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत जम्मा १३८ जना विद्यार्थीहरूलाई विभिन्न प्रकारका शैक्षिक सामग्री वितरण गरिएको थियो ।
वितरण गरिएका सामग्रीहरूमा वर्णमाला तथा अंक सम्बन्धी चार्टहरू, एबीसीडी तथा विभिन्न शैक्षिक चार्टहरू, हप्ताका दिन तथा महिनासम्बन्धी चार्टहरू, नर्सरी तहका अध्ययन सामग्री, पेन्सिल कलर, कापी, पेन्सिल, बालबालिकाका लागि खेलमुखी अध्ययन सामग्री, नर्सरी कक्षाका शैक्षिक उपकरणहरू लगायतका सामग्री समावेश रहेका छन् ।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष सिन्जलीले बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस प्रकारका शैक्षिक सामग्रीले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन ठूलो सहयोग पुग्ने बताए । उनले यस्ता कार्यक्रमहरूले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मनोबल बढाउनुका साथै शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने धारणा राखेका थिए । यस प्रकारको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास बैंकका नारायणगढ क्षेत्र प्रमुख भण्डारीले व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्