Skip to content
LAXMI SUNRISE BANK

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण

अर्थ सरोकार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बिहीबार महासंघ कार्यालयमा श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । 

अध्यक्ष श्रेष्ठसँगै महासंघका अन्य पदाधिकारीहरुले पनि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा निजी क्षेत्रको मनोबल उकास्नेगरी काम गर्ने बताएका छन् । 

उनले निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग समन्वय गरेर विभिन्न नीतिगत सुधार गर्ने समेत बताएका छन् । उनका अनुसार निजी क्षेत्रलाई प्रोत्साहन र लगानी सुरक्षाको प्रत्याभुति दिन सरकार गम्भीर बन्नुपर्छ । 

निजी क्षेत्रको प्रवर्द्धन तथा सुरक्षा सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेकोतर्फ लक्षित गर्दै उनले अब यसको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । श्रेष्ठले अहिले बजारमा माग अत्यन्त कमजोर रहेको, जनताको क्रयशक्ति घटेको तथा अर्थतन्त्रमा पुँजी परिचालन सुस्त भएको अवस्था रहेको बताए । उनले पुँजी परिचालन बढाउन सरकारले आगामी बजेटबाट आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, अध्यक्ष श्रेष्ठले अहिले विशेषगरी साना तथा मझौला उद्योगहरू सबैभन्दा बढी समस्यामा रहेको उल्लेख गरेका छन् । बैंकिङ प्रणालीमा प्रशस्त लगानीयोग्य रकम भएपनि साना उद्योगहरूले आवश्यक कर्जा र लगानी पाउन नसकेको अवस्था छैन । विगतमा सहकारी क्षेत्रले करिव ६ खर्ब रुपैयाँ पुँजी परिचालन गर्दै आएको तर सहकारी संकटपछि साना उद्योगमा लगानी अभाव चुलिएको उनको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले अब बैंकहरूले साना तथा मझौला उद्योगमा लगानी कसरी विस्तार गर्ने भन्ने विषयमा स्पष्ट रणनीति बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK