काठमाडौँ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले राजीनामा दिएका छन् । अध्यक्षका लागि दाइले आवेदन दिएपछि भट्टले नैतिकताका आधारमा समितिबाट राजीनामा दिएका हुन् ।
सरकारले भट्टकै संयोजकत्वमा बोर्डको अध्यक्ष सिफारिस समिति गठन गरेको थियो ।
तर, अध्यक्षका लागि राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत रहेका डा. गोपाल भट्टले आवेदन दिएपछि गुणाकर भट्टले सिफारिस समितिबाट राजीनामा दिएका हुन् । गोपाल भट्ट गुणाकर भट्टका दाइ पर्छन् ।
आफैँ संयोजक रहेको सिफारिस समितिमा दाइले नै आवेदन दिएपछि नैतिक रुपमा प्रश्न उठ्ने भन्दै भट्टले राजीनामा दिएको बताएका छन् । बोर्डको अध्यक्ष सिफारिस समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रुपमा भुवनकुमार दाहाल सदस्य छन् । भट्टको राजीनामासँगै सरकारले अब उक्त समितिमा नयाँ संयोजक नियुक्त गर्नेछ ।
बोर्डको अध्यक्ष पदका लागि ४७ जनाको आवेदन परेको छ । तीसमध्ये सिफारिस समितिले तीन जनाको नाम छनोट गरेर मन्त्रिपरिषद्मा पठाउने र त्यही मध्येबाट एकजनालाई मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्