Skip to content
LAXMI SUNRISE BANK

अबदेखि कम्पनी दर्ता १ दिनमै, खारेज ५ दिनमा !

अर्थ सरोकार

काठमाडौँ । अबदेखि कम्पनी दर्ताको काम एक दिनमै सकिने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले सेवाग्राहीको सहजताका लागि कम्पनी दर्ताको काम एक दिनमै सकिने व्यवस्था मिलाइएको जनाएको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालय अनुसार अहिले कम्पनीको नाम दर्ता अनलाइन अनुरोध प्राप्त भएको १ कार्यदिन भित्र, नयाँ कम्पनी दर्ता तोकिएको ढाँचामा निवेदन प्राप्त भएको १ कार्यदिन भित्र हुने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, दर्ता पश्चातका कार्यहरू सामान्यतया १ देखि ३ कार्यदिन भित्र सकिने र कम्पनी खारेज गर्नुपरे ५ कार्यदिनभित्र काम सम्पन्न हुने कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । 

यसो त यसअघि कम्पनी दर्ता गर्न कम्तीमा पनि ७ दिन लाग्ने गर्दथ्यो । तर, कम्पनी खारेजीका लागि कुनै समयसीमा तोकिएको थिए । कम्पनी खारेज गर्न झनै ठूलो झन्झट र निकै लामो समय लाग्ने सेवाग्राहीहरुले गुनासो गर्दै आएका थिए । 

तर, अहिले भने कम्पनी दर्ता निवेदन प्राप्त भएको एक कार्यदिन र कम्पनी खारेज गर्नुपरेको खण्डमा ५ कार्यदिनभित्र अन्तिम निर्णय भइसक्ने कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK