Skip to content
LAXMI SUNRISE BANK

भ्रष्टाचार मुद्दामा चीनका दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्डको सजाय

अर्थ सरोकार

काठमाडौँ । भ्रष्टाचार मुद्दामा चीनले दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्डको सजाय सुनाएको छ । चीनले पूर्व रक्षामन्त्री ली साङ्फुवेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको हो । 

चीनका पूर्व रक्षामन्त्री ली साङ्फुमाथि पदको दुरुपयोग गरेको, पार्टीको अनुशासन र कानून उल्लंघन गरेको तथा ठूलो मात्रामा घुस लिएको र दिएको आरोप छ । भ्रष्टाचार आरोप लागेपछि उनलाई गत वर्षको अक्टोबरमा अचानक पदबाट हटाइएको थियो । 

यता पूर्व रक्षामन्त्री वेई फेङ्गेमाथि पनि घुस लिएको आरोप छ । उनलाई चीनको सैन्य अदालतले भ्रष्टाचारको दोषी ठहर गरेको थियो ।

हाल भने चीन दुवैजनालाई मृत्युदण्डको सजाय सुनाएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार दुवैजनालाई पहिलो दुई वर्ष जेलमा राखिनेछ । उक्त अवधिमा दुवैजनाले कुनै अपराध गरेनन् भने सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK