काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाको आवेदन परेको छ । बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदका लागि ४७ जनाले आवेदन दिएका हुन् ।
बोर्ड अध्यक्षका लागि नेपाल राष्ट्र बैंकका दुई पूर्व डेपुटी गभर्नरदेखि पूर्वसहसचिवहरुले आवेदन दिएका छन् ।
अध्यक्षका लागि राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर बम बहादुर मिश्र र चिन्तामणी शिवाकोटीले आवेदन दिएका छन् । त्यस्तै, राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, मुकुन्दकुमार क्षेत्री, पिताम्बर भण्डारी, पूर्वनिर्देशक राजेन्द्र पण्डित, लिला ढकाल र कामु निर्देशक प्रल्हाद गिरीसँगै सुपरीवेक्षण विभागका निर्देशक सुवासचन्द्र घिमिरेले पनि आवेदन दिएका छन् ।
त्यस्तै, धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारी, निर्देशक विनयदेव आचार्य, सञ्चालकबाट पदमुक्त भएका पिताम्बर भण्डारीले पनि बोर्ड अध्यक्षका लागि आवेदन दिएका छन् ।
यता नेप्सेका पूर्व सिइओ कृष्ण बहादुर कार्की, पूर्व सचिव दीर्घ मैनाली, सिन्धु विकास बैंकका पूर्व सिइओ सुरेश देवकोटा, रिलायन्स लाइफका डेपुटी सिइओ डा. राकेश पोखरेल, ज्योति विकास बैंकका सिइओ पूर्णप्रसाद आचार्य र तत्कालीन बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाईं पनि दौडमा छन् ।
त्यस्तै, लामो समयदेखि सेयर बजारमा रहेको र सेयर बजार सुधारको पक्षमा आवाज उठाउँदै आएका सेयर लगानीकर्ता पुरुषोत्तम चिमरिया (शिवचन्द्र डन) ले पनि बोर्ड अध्यक्षका लागि आवेदन दिएका छन् ।
अन्य विपिन कडेल, बद्री गुरागाईं, बिनोद आचार्य, झवेन्द्र कार्की, प्रकाश अधिकारी, डा. केशव श्रेष्ठ, मुक्ति अर्याल, कृष्ण आचार्य, दीपक थापा, डिमप्रसाद पौडेल, सन्तोषनारायण श्रेष्ठ, प्रविण पाण्डे, नीरजन घिमिरे, बुद्धिसागर अमगाईं, तेजप्रसाद देवकोटा, खगेन्द्र सापकोटा, डा. मनोजकुमार शाही, कृष्णराज पोखरेल, हेमन्त बस्याल, डा. शंकरप्रसाद पाठक, डा. हरिकुमार सिलवाल, विकासराज पोखरेल, नारायण सापकोटा, देवप्रसाद दाहाल, रामदेव यादव, शिवराज अधिकारी र सूर्यप्रसाद अधिकारीले पनि आवेदन दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्