Skip to content
LAXMI SUNRISE BANK

ट्राफिक नियम उल्लंघनविरुद्ध निर्मम बन्दै प्रहरी, हदै भएपछि बैशाखमा मात्र ३१ जनाको लाइसेन्स निलम्बन !

अर्थ सरोकार

काठमाडौँ । नियम उल्लंघन गर्नेविरुद्ध ट्राफिक प्रहरी निर्मम बन्दै गएको छ । ट्राफिक नियम उल्लंघन गर्नेविरुद्ध निर्मम बनेको ट्राफिक प्रहरीले लापरवाहीपूर्ण सवारी साधन चलाउने ३१ सवारी चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि सिफारिस गरेको छ । 

प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ३१ जनाको लाइसेन्स निलम्बनका लागि यातायात कार्यालयमा लेखेर पठाएको जानकारी दिएका छन् । 

अधिकारीका अनुसार लागूपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर १५/२० पटकसम्म लापरवाही गरेर सवारी साधन चलाउनेहरुको लाइसेन्स निलम्बनका लागि पठाइएको छ । 

त्यस्तै, जेन-जी आन्दोलनमा जलेर ध्वस्त भएका ३७ ट्राफिक कार्यालय निर्माण गर्दै ट्राफिक प्रहरीलाई थप सशक्त बनाउँदै कारवाही प्रक्रिया अझ बलियो बनाउँदै अघि बढेको अधिकारीले बताएका छन् । यता उपत्यकामा बढ्दो जनसंख्या र सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी २४सै घण्टा परिचालन भइरहेको पनि प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK