Skip to content
LAXMI SUNRISE BANK

संविधान संशोधन गर्ने सरकारको घोषणा, अन्य दलहरुसँग सहकार्य गर्ने

अर्थ सरोकार

काठमाडौँ । सरकारले संविधान संशोधन गर्ने घोषणा गरेको छ । सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संविधान संविधान संशोधन गरिने बताएका हुन् । 

नीति तथा कार्यक्रम अनुसार सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरुसँगको संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिनेछ । 

यसो त सरकारले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गरेको छ । कार्यदलले कामसमेत सुरु गरिसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK