Skip to content
LAXMI SUNRISE BANK

रास्वपालाई प्रचण्डको सुझावः ‘२०६४ सालमा धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको पार्टीको नेता हुँ, त्यस्तो नहुनुस्’

अर्थ सरोकार

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले जनताले दिएको मतको कदर गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले जनताले रास्वपालाई राष्ट्र निर्माणको ठूलो जिम्मेवारी दिएको भन्दै उक्त जिम्मेवारीलाई पूरा गर्न संवेदशील बन्न पनि आग्रह गरेका छन् । 

सोही क्रममा प्रचण्डले आफू २०६४ सालमा रास्वपाले जस्तै अत्याधिक मत पाएर ‘भाँडोमा न भुइँमा’ भएको पार्टीको नेता भएको पनि स्वीकार गरेका छन् । त्यसबाट पनि पाठ सिक्न प्रचण्डले रास्वपालाई आग्रह गरेको छ । 

उनले अत्याधिक मतको दम्भ नपाल्न र अहंकारको मलखाद नबन्न पनि रास्वपालाई आग्रह गरेका छन् । त्यस्तै, उनले संसद्मा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सभ्य र मर्यादित बन्न पनि भनेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK