काठमाडौँ । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक ६ लेनमा विस्तार भइरहेको छ । तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक निर्माणको काम सुस्त भएपछि नागरिकहरु सास्तीमा छन् ।
अझ वर्षायाम नै सुरु हुनलाग्दा समेत सडक निर्माण नसकिएपछि वर्षायाममा झनै दुःख पाइने तनावमा नागरिक छन् ।
हाल सूर्यविनायक-धुलिखेल सडक विस्तारको समग्र भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको छ । मुख्य लेनमा कालोपत्र गर्ने तयारी भइरहे पनि बिटुमिन अभावका कारण काम प्रभावित भएको जनाइएको छ । आवश्यक सामग्री व्यवस्थापनका लागि पहल भइरहेको आयोजनाले जनाएको छ ।
करिब १५.८ किलोमिटर लामो उक्त सडक आयोजना तीन वर्षअघि सुरु गरिएको हो । पछिल्ला दुई महिनायता निर्माणको गति सुस्त बनेको छ । निर्माण सामग्रीको अभाव, मूल्यवृद्धि तथा बजारको असहज अवस्थाका कारण काम प्रभावित भएको निर्माण कम्पनीहरूको भनाइ छ । यसअघि चालु आर्थिक वर्षभित्र अधिकांश काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि हाल सो लक्ष्य प्रभावित बनेको देखिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्…

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्