काठमाडौँ । पर्यटकीय शहर पोखराको गौरीघाट क्षेत्र यतिबेला बैजनी रङका ज्याकराण्डा फूलले ढकमक्क बनेको छ । सडक किनारमा फुलेका आकर्षक ज्याकराण्डा फूलले वातावरणलाई रमणीय बनाएको छ भने तस्विर खिच्ने आन्तरिक तथा बाह्य पर्यटकको भीड पनि बढ्न थालेको छ ।
फेवाताल किनार नजिक रहेको गौरीघाट क्षेत्रमा फूल फुलेसँगै बिहानदेखि साँझसम्म घुम्न आउने मानिसहरूको चहलपहल बढेको छ । विशेषगरी युवायुवती, परिवार तथा विदेशी पर्यटकहरू ज्याकराण्डाको सौन्दर्यसँग रमाउँदै फोटो तथा भिडियो खिच्न व्यस्त देखिन्छन् ।
हरेक वर्ष वैशाख-जेठ महिनामा ज्याकराण्डा फूल फुल्ने गर्छ । बैजनी रङका फूलले सडक नै रंगिएजस्तो देखिने भएकाले यो समय गौरीघाट घुम्न आउनेको संख्या उल्लेख्य रूपमा बढ्ने गरेको छ । सामाजिक सञ्जालमा पनि गौरीघाटका तस्बिर र भिडियोहरू व्यापक रूपमा साझा हुन थालेपछि थप पर्यटक आकर्षित भएका छन् ।
पर्यटकहरूका लागि अहिले गौरीघाट ‘फोटो स्पट’ को रूपमा परिचित बन्दै गएको छ । फेवाताल, हिमालको दृश्य र ज्याकराण्डा फूलको संयोजनले यहाँको वातावरण अझ आकर्षक बनेको छ ।
पर्यटन व्यवसायीहरूका अनुसार ज्याकराण्डा फुल्ने मौसमले पोखराको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ । होटल, रेस्टुरेन्ट तथा डुंगा व्यवसायमा समेत चहलपहल बढ्न थालेको उनीहरूको भनाइ छ । स्थानीय सरकारले पनि गौरीघाट क्षेत्रको सौन्दर्य संरक्षण र व्यवस्थित प्रवर्द्धनमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको सरोकारवालाहरू बताउँछन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्