Skip to content
LAXMI SUNRISE BANK

बैंकर ज्योति प्रकाश पाण्डे सिन्धुलीबाट पक्राउ, सूचना अधिकारीले पनि फोन उठाउन छाडे !

अर्थ सरोकार

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले केहि दिन अघि मात्र सार्वजनिक गरेको सिइओ बैंकको काममा सक्रिय रहेको विज्ञप्ति झुटो रहेको पुष्टी भएको छ । बैंकका तत्कालीन सिइओ ज्योति प्रकाश पाण्डेले बैंक छाडेको खबर अर्थ सरोकारले ब्रेक गरेपछि बैंकले विज्ञप्तिमार्फत पाण्डेले बैंक नछाडेको र उनी अफिसकै कामले सक्रिय भएको दाबी गरेको थियो । तर सो दाबी झुटो सावित भएको छ । त्यतिबेला बैंकका विभिन्न अधिकारीहरुले सिइओ अफिसमै रहेको दाबी गर्दै आएका थिए ।

तर, वैशाख २९ गते पाण्डे सिन्धुलीबाट पक्राउ परेका छन् । बैंकका एक संचालकका अनुसार उनले ‘बैंक छोडें’ भन्दै केहि दिन अघि नै निस्किएका थिए । उनी सिन्धुली के कामले गएका थिए भन्ने विषय पनि बैंकलाई थाहा नभएको ती संचालकको भनाई छ । ‘व्यक्तिगत कामले जानुभयो वा भारततिर छिर्ने योजना अनुसार जानुभयो थाहा भएन, तर सिन्धुली अफिसियल कामले गएको कुनै पनि जानकारी संचालकलाई छैन ।’ ती संचालकले भने ।

बैंकले विज्ञप्तिमा आधिकारिक स्रोतबाट मात्रै खबर पुष्टी गर्न भनेको थियो । तर आज सीइओ पक्राउ परेपछि सूचना अधिकारी राजेश शर्माले फोन नै उठाउन छाडेका छन् ।

अर्थ सरोकारले केहि दिन अघि ब्रेक गरेको समाचारमा पाण्डेले बैंक छाडेको खबर थियो । राजिनामा औपचारिक स्वीकृति नभईसकेका हुनाले बैंक छाडेको भन्ने लेखिएको भए पनि बैंकले भने राजिनामा नदिएको र पाण्डे काममै सक्रिय रहेको दाबी गरेको थियो । फौजदारी केसमा पक्राउ परेपछि पाण्डे स्वत: निलम्बनमा परेका छन् ।

सीइओ पाण्डेलाई प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ बसपार्कबाट वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरेको थियो । उनलाई अहिले सीआईबीको हिरासतमा राखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK