काठमाडौँ । ब्रिटिस काउन्सिलले विद्यार्थी (शिक्षार्थी) को भाषिक यथार्थलाई प्रतिबिम्वित गर्ने तथा थप समावेशी, समानतामूलक र प्रभावकारी शिक्षालाई प्रबर्द्धन गर्ने उद्देश्यले भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीसम्बन्धी नयाँ विश्वव्यापी अवधारणापत्र सार्वजनिक गरेको छ । अवधारणापत्रले शिक्षामा भाषिक नीति तथा अभ्यासबारे संस्थाको दृष्टिकोण प्रस्तुत गर्दै विश्वव्यापी रुपमा अंग्रेजी भाषाको बदलिँदो आयाम र यसका जटिलतालाई स्वीकार गरी भाषिक विविधता तथा समयानूकुल र सन्दर्भ अनुसारको निर्णय प्रक्रियाको महत्वलाई जोड दिएको छ ।
विश्वका विभिन्न देशमा थुप्रै शिक्षा प्रणाली अनुसार विद्यार्थीले बहुभाषिक वातावरणमा अध्ययन गरिरहेका छन् तर विद्यालयमा प्रयोग हुने भाषा उनीहरुको घर परिवारमा बोलिने भाषाभन्दा फरक हुन सक्ने अवस्था छ ।
अहिलेको विश्वव्यापी परिवेशमाा अंग्रेजी भाषाले शिक्षा, अन्तर्राष्ट्रिय आवागमन र आप्रवासन तथा अवसरका क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेलेको भएपनि ब्रिटिस काउन्सिलले सबै देशका लागि शिक्षा प्रणालीमाा एउटै प्रकृतिको भाषिक मोडेल उपयुक्त हुँदैन भन्ने ठानेको छ ।
यस्तो अवस्थामा ब्रिटिस काउन्सिलले समय र सन्दर्भ अनुकूल तथा प्रमाणमा आधारित अवधारणालाई ध्यान दिएको छ । जसबाट स्थानीय नीति निर्माता र शिक्षासँग सम्वन्धित सरोकारवालाले आफ्नो ऐतिहासिक, आर्थिक, राजनीतिक र सामाजिक यथार्थलाई ध्यानमा राखेर शिक्षण तथा सिकाइका लागि भाषासम्बन्धी निर्णय गर्न सक्दछन् ।
ब्रिटिस काउन्सिलको यस अवधारणाको केन्द्रभागमा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीलाई राखेको छ । फलस्वरुप यस्तो शिक्षा प्रणालीले शैक्षिक संरचना र यसका विविध पक्षमा भाषालाई सिकाइको मुख्य आधारका रूपमा स्वीकार गर्न सक्दछन् । साथै, अवधारणापत्रमा नीति निर्माण, पाठ्यक्रम र पाठ्य सामाग्रीको विकास, शिक्षण पद्धति, सिकाइ सामग्री, मूल्याङ्कन विधि, शिक्षक तालिम तथा शिक्षण प्रक्रियालाई उल्लेख गरिएको छ ।
अवधारणापत्रले कुनै पनि सफल भाषा नीति निश्चित भाषालाई शिक्षण माध्यम बनाउने भन्ने सवाल मात्र नभएको यथार्थलाई महसुस गरेको छ । यसको साटो कुनै पनि दृष्टिकोणको प्रभावकारिताबाट शैक्षिक प्रणालीले सिकाइ सफल तुल्याउने वातावरण तयार पार्न सक्छ वा सक्दैन भन्ने बिषयमा निर्भर हुन्छ । खासमा शिक्षा प्रणालीले सिकाइलाई कति प्रभावकारी रूपमा सहयोग र प्रवद्र्धन गर्छ भन्ने बिषय महत्वपूर्ण हो ।
जुन देश र समुदायमा अंग्रेजीलाई शिक्षण र सिकाइको भाषाको रुपमा अवलम्वन गरिएको छ, त्यहाँ अंग्रेजी भाषाको प्रयोगबाट प्रभावकारी शिक्षणलाई सुनिश्चित गर्नुका साथै विद्यार्थीलाई पाठ्यक्रम सहजै बुझ्नका लागि भाषिक दक्षता विकास गराउनु तथा उनीहरूसँग परिचित भाषा (मातृभाषा) को बलियो जग निर्माण गर्नु निकै आवश्यक हुन्छ ।
भाषा अनुकूलको शिक्षण र सिकाइ पद्धतिमा दक्षतायुक्त शिक्षकको व्यवस्थाका साथै सहज रूपमा उपलब्ध हुने शिक्षण सामग्री तथा भाषाको दक्षता विकासलाई ध्यानमा राखेर तयार गरिने मूल्याङ्कन प्रणाली लागू गर्नुपर्दछ ।
विभिन्न शिक्षा प्रणालीमा अंग्रेजी भाषाको सिकाइ तथा शिक्षणसम्बन्धी अनुसन्धानको समिक्षा र विस्तृत अध्ययन गरेर ब्रिटिस काउन्सिलको यस अवधारणापत्र तयार पारिएको हो । सो क्रममा गरिएको समीक्षाले शिक्षकको भाषिक दक्षता र शैक्षिक पद्धतिको प्रभावकाारिता तथा भाषिक नीति जस्ता पक्षहरु देश विशेषको स्थानीय भाषिक र सांस्कृतिक परिवर्तन अनुसार हुन्छ वा हुँदैनन् भन्ने आधारमा सिकाइ उपलब्धि समेत फरक हुन्छ भन्ने निष्कर्ष दिएका छन् ।
अनुसन्धान र विस्तृत अध्ययनले पर्याप्त तयारीबिनाको अंग्रेजी माध्यमको शिक्षण र सिकाइबाट जोखिम निम्त्याउन सक्ने यथार्थ मनन गर्दै सकारात्मक सिकाइ उपलव्धिमा दीर्घकालीन योजना, शिक्षक विकास र स्रोत-साधनमा उचित लगानी गर्नुपर्नेमा जोड दिएको छ ।
अवधारणापत्र सार्वजनिक गर्दै ब्रिटिस काउन्सिलका अंग्रेजी तथा विद्यालय शिक्षासम्बन्धी निर्देशक माइकल कोनोलीले भने, ‘भाषा कुनै पनि सिकाइको मुख्य पक्ष हो, जब कुनै पनि शिक्षा प्रणालीले विद्यार्थीको भाषिक यथार्थलाई स्वीकार गर्दै काम गर्दछ, त्यसपछि मात्र कक्षाकोठाहरु थप समावेशी बन्छन् भने सिकाइका लागि समेत उपयुक्त वातावरण तयार गर्न सक्दछन् । हाम्रो अवधारणाले प्रमाणमा आधारित निर्णय प्रक्रिया र प्रणालीगत योजनाको महत्व दर्शाएको छ, यसबाट भाषिक नीतिले विद्यार्थीको सफलतामा अवरोध नभई सहयोग पुर्याउन सक्छ ।’
सिकाइ उपलब्धि सुधार गर्न तथा सबै विद्यार्थीका लागि अवसर दिलाउन सक्ने शिक्षा नीति र अभ्यास लागू गर्न सहयोग पुर्याउने उद्देश्यसहित ब्रिटिस काउन्सिलले भाषाप्रति उत्तरदायी अवधारणाका लागि नीति निर्माता र शिक्षा क्षेत्रका सबै सरोकारवालालाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ ।
ब्रिटिस काउन्सिलको नयाँ अवधारणापत्र र यसलाई तयार पार्नु अघिको अनुसन्धान र विस्तृत अध्ययनका निष्कर्षहरु शिक्षा मन्त्रालय, शिक्षा क्षेत्रका सरोकारावाला र अन्तर्राष्ट्रिय साझेदारका लागि शिक्षामा समावेशी र प्रभावकारी भाषा नीति बनाउन उपयोगी स्रोतका रुपमा रहनेछन् ।
अवधारणापत्र हेर्नका लागिः Inclusive Language Policy in Education: Evidence and Practice | Teaching English | British Council
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्