काठमाडौँ । केहि समय अघि काठमाडौंमा सुकुम्बासी बस्तीमाथि धमाधम डोजर चल्न थालेको थियो त्यस पछि देशका अधिकांश ठाउँमा बस्ने सुकुम्बासीहरू त्रसित बनेका छन् ।
पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न सूचना जारी गरिसकेको भए पनि सर्वोच्च अदालतले सुकुम्बासीलाई जबर्जस्ती नहटाउन अन्तरिम आदेश दिएको छ । तर पनि देशका विभिन्न स्थानमा आन्दोलन जारी छन् ।
राष्ट्रिय भूमि आयोग कास्कीको पछिल्लो तथ्याङ्क अनुसार पोखरा महानगरभित्र कुल १९ हजार ६३४ घरधुरी भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका रूपमा रहेका छन् । पोखरा महानगरपालिका-९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा मात्रै करिब ४ सय ७५ घरधुरी बसोबास गर्दै आएका छन् ।
पोखराभित्रका विभिन्न स्थानमा रहेका सुकुम्बासीहरूले वैकल्पिक व्यवस्था नभएसम्म कुनै पनि हालतमा स्थान खाली नगर्ने अडान लिएका छन् ।
इतिहास अनुसार २०३२ सालमा पृथ्वीचोक बसपार्क निर्माणका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसपछि उक्त क्षेत्रमा सुकुम्बासीहरूको बसोबास सुरु भएको हो । पोखरा नगर योजना (वि.सं. २०३०) र पोखरा उपत्यकाको गुरुयोजना (वि.सं. २०३१) अनुसार अधिग्रहण गरिएको उक्त जग्गा अतिक्रमण, मुआब्जा वितरण तथा सडक विस्तारका कारण हाल खुम्चिँदै करिब ५० देखि ८१ रोपनीमा सीमित भएको महानगरको प्रतिवेदनमा उल्लेख छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्