काठमाडौँ । सरकारी निकायले नै गुणस्तरहीन प्रमाणित गरिसकेको करेन्ट चाउचाउको उत्पादन कम्पनी यशोधा फुड्सले पनि आफ्नो चाउचाउको गुणस्तरमा समस्या परेको स्वीकार गरेको छ । कम्पनीले विभिन्न मिडियालाई पैसा तिरेर जारी गरेको विज्ञापन सन्देशमार्फत चाउचाउको गुणस्तरमा समस्या परेको स्वीकार गरेको हो ।
यद्यपि कम्पनीले यो गुणस्तरको दोष भने चर्को घामलाई लगाएको छ । चर्को घामपानी भएको ठाउँमा चाउचाउ राख्दा गुणस्तरमा समस्या पर्ने तर्क कम्पनीको छ । जबकी सरकारी निकायले चाउचाउ चर्को घाम वा पानीले भिजेको ठाउँको नभई राम्रै ठाउँमा भण्डारण गरेको स्याम्पल परीक्षण गरेको थियो ।
घुमाउरो पारामा चाउचाउ गुणस्तरहीन भएको स्वीकार गरेको कम्पनी घामलाई दोष दिएर थप ड्यामेज कन्ट्रोल गर्न लागि परेको देखिएको छ । यद्यपि कम्पनीले चाउचाउको गुणस्तरमा समस्या देखिएकोले मिति र म्याद हेरेर मात्र उपभोग गर्न सबैलाई आग्रह गरेको छ ।
करेन्ट चाउचाउ गुणस्तरहीन प्रमाणित भइसकेका कारण कम्पनीले जारी सन्देशमा स्वदेशी उत्पादन भएको र थुप्रैलाई रोजगारी दिएको विषय प्रस्तुत गरेर चाउचाउ गुणस्तरहीन प्रमाणित भएको तथ्यलाई विशयान्तर समेत गर्न खोजेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्