Skip to content
LAXMI SUNRISE BANK

वर्ल्डकपका नाममा ‘स्क्याम’ बढ्दै, ह्याकरबाट बच्न प्रहरीको आग्रह

अर्थ सरोकार

काठमाडौँ । वर्ल्डकप (विश्वकप) का नाममा हुने र भइरहेका ठगीबाट बच्न नेपाल प्रहरीले सचेत गराएको छ । एक सूचना जारी गर्दै नेपाल प्रहरीले ‘वर्ल्डकप २०२६’ का नाममा हुने अनलाइन ठगीबाट बच्न नागरिकहरुलाई सचेत गराएको हो । 

प्रहरीका अनुसार हाल ‘वर्ल्डकप २०२६’ को लाइभ देखाउने भन्दै अनलाइनमा ठगी गर्ने गिरोह सक्रिय छ । 

उनीहरुले ‘वर्ल्डकप २०२६ लाइभ हेर्नुहोस’ भन्ने बाहनामा शंकास्पद एपिके एप्लिकेशन डाउनलोड गर्न लगाएर मोबाइल बैंकिङ ह्याक गर्ने तथा आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको भन्दै सचेत रहन प्रहरीले आग्रह गरेको छ । 

प्रहरीले ‘वर्ल्डकप २०२६’ का नाममा हुने यस्ता ठगी तथा ‘अनलाइन स्क्याम’बाट जोगिन पनि आग्रह गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK