Skip to content
LAXMI SUNRISE BANK

ग्रामीण विकास लघुवित्तलाई नेप्सेले सोध्यो स्पष्टीकरण, ३ दिनभित्र जवाफ पेश गर्न निर्देशन

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ग्रामीण विकास लघुवित्तलाई स्पष्टीकरण सोधेको छ । मूल्य संवेदनशील सूचना समयमा सार्वजनिक नगरेको भन्दै नेप्सेले ग्रामीण विकासलाई स्पष्टीकरण सोधेको हो । 

लघुवित्तको जेठ ३ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा गर्ने, सेयर दाखिला खारेज गर्ने तथा लाभांश सम्बन्धी निर्णय गरेको थियो । 

‘धितोपत्र सूचीकरण विनियमावली, २०७५’ अनुसार मूल्यमा प्रभाव पार्ने सूचना सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सार्वजनिक गर्नुपर्छ । तर, लघुवित्तले सो सूचना नेप्सेमा ७ गते मात्र जानकारी गराएको थियो । 

नेप्सेका अनुसार लघुवित्तले सो सूचना नेप्सेको एनओटीएस प्रणालीमा जेठ ७ गते बिहान ९ः३३ बजे अपलोड गरेको देखिएको छ । 

यसरी मूल्यमा प्रभाव पार्ने सूचना ढिलो गरी जानकारी सार्वजनिक गरेको भन्दै नेप्सेले लघुवित्तलाई ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK