काठमाडौँ । पक्राउ पर्ने डरले बैंक छोडेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डे पुनः काममा फर्किएका छन् । अदालतको आदेशसँगै थुनामुक्त भएका पाण्डे नियमित काममा फर्किएका हुन् ।
पाण्डेलाई सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति लिलाम गरेर सरकारी हक टुटाउने कार्य गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैशाख २९ गते पक्राउ गरेको थियो । उनलाई फोन ‘स्वीच अफ’ गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको सीआईबीले जनाएको थियो ।
तर, पाण्डेकी श्रीमती निरु दाहालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पाण्डेलाई थुनामुक्त गर्न आदेश दिएको थियो । सोही आदेश अनुसार उनी थुनामुक्त भएका हुन् ।
अदालतको आदेशको अर्थ उनलाई थुनामा राख्नुपर्दैन भन्ने हो । तर, उनीमाथि स्मार्ट सेल प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान चलिरहेकै बेला उनी नियमित काममा फर्किएका छन् ।
यसो त उनले पक्राउ पर्नुअघि नै पक्राउ पर्ने डरले बैंक छोडेको बैंकका एक सञ्चालकले पुष्टि गरेका थिए । तर, पाण्डेले बैंक छोडेको खबर सार्वजनिक भएपछि बैंकले उनको बचाउ गर्दै उनी बैंकमै रहेको विज्ञप्ति जारी गरेको थियो । तर, यता बैंकले उनी बैंकमै छन् भनेर झुठो विज्ञप्ति जारी गर्दा उनी भने भाग्दै गरेको अवस्थामा सिन्धुलीबाट पक्राउ परेका थिए ।
हाल उनी काममा फर्किएका छन् । उनी काममा फर्किएसँगै स्मार्ट सेल प्रकरणमा उनको संलग्नताको प्रमाण नष्ट हुने जोखिम बढेको छ ।
पाण्डे काममा फर्किएसँगै केही बैंक सञ्चालकले प्रमाण नष्ट हुने र बैंक झन् विवादमा तानिन सक्ने भन्दै आवाज उठाएका छन् । तर, उनी भने दादागिरी शैलीमा बैंक गइरहेका छन् । उनको यस्तो दादागिरी शैलीबाट बैंककै अन्य हाकिमहरु समेत वाक्क भएका छन् । यतिसम्म कि बैंकका केही उच्च पदस्थ कर्मचारीसँग पाण्डेको राम्रो ट्युनिङ नै नभएको बैंककै कर्मचारीहरुले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्