Skip to content
LAXMI SUNRISE BANK

महिला मन्त्रालयद्वारा पहूँचमुखी सबै अनुदान खारेज !

अर्थ सरोकार

काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आफ्नो मन्त्रालयले पहूँचमुखी सबै अनुदान खारेज गरेको बताएकी छिन् । महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । 

पहुँच र प्रभावका आधारमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा अनुदान विगतमा दिने गरिएकाले यसलाई हटाउने निर्णय गर्नु परेको मन्त्री वादीको स्पष्टिकरण थियो । 

मन्त्री वादीले काम गर्ने दायरा व्यापक भएपनि आफ्नो मन्त्रालयमा स्रोत र साधनको सीमितता नै स्थायी चुनौतीको रुपमा खडा भएको पनि तथ्य पनि स्मरण गराइन् । उनले सीमित स्रोत र साधनका कारण महिलाले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको पनि स्पष्ट पारेकी छिन् ।

त्यस्तै, उनले मन्त्रालयले बजेट विनियोजनको लागि न्याय, आवश्यकता र प्रभावकारितालाई उच्च प्राथमिकता दिएका पनि बताएकी छिन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK