काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर खारेज भएको छ । कास्की जिल्ला अदालतले रवि विरुद्धको उक्त कसुर खारेज गर्दै फिर्ता गर्ने आदेश दिएको हो ।
न्यायाधीश हिमलाल बेलबासेको इजलासले रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर फिर्ता गर्ने आदेश दिएको हो ।
सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर फिर्ता भए पनि उनीविरुद्धको सहकारी ठगी सम्बन्धी कसुर भने यथावत् रहनेछ । रविविरुद्ध सुरुमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा नलगाइएको र पीडितहरुले दिएको जाहेरीमा पनि दुई कसुरको आरोप नभएको सर्वोच्चको व्याख्या छ ।
अर्कोतर्फ यो दुई कसुर फिर्ता नभए पीडक र पीडितबीच मिलापत्र हुने तथा बचत फिर्ता हुने प्रक्रिया जटिल हुनसक्ने र दुई कसुर फिर्ता भए पनि न्यायको मूल मर्म पराजित नहुने भन्दै अदालतले रविविरुद्धको यी दुई कसुर फिर्ता गर्ने आदेश दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्