काठमाडौँ । अबदेखि बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई बढी काममा लगाउन नपाउने भएका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि सर्कुलर नै जारी गर्दै कर्मचारीलाई कार्यालय समय भन्दा बढी काममा नलगाउन निर्देशन दिएको हो ।
योसँगै अब बैंक तथा वित्तीय संस्थाहरुले आन्तरिक निर्देशन वा संस्थाको नियम भन्दै कर्मचारीहरुलाई बढी काममा लगाउन पाउने छैनन् ।
यसो त यसअघि कार्यालय समय भन्दा बढी समय काममा लगाएको, बिदाको दिन पनि काममा लगाएको तथा अतिरिक्त काम गराएबापतको अतिरिक्त शुल्क समेत नदिएको भन्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले गुनासो गर्दै आएका थिए ।
कर्मचारीहरुको सोही गुनासो सम्बोधन गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशन अनुसार नै हुनेगरी कर्मचारीलाई काममा लगाउन निर्देशन दिएको छ ।
त्यस्तै, राष्ट्र बैंकले कार्यालय समय बाहेक अतिरिक्त समयमा काममा लगाए कर्मचारीहरुलाई प्रचलित व्यवस्था अनुसार अतिरिक्त पारिश्रमिक प्रदान गर्न पनि निर्देशन दिएको छ । योसँगै अब बैंक तथा वित्तीय संस्थामा कार्यालय समय बाहेक अतिरिक्त समय काम गर्ने कर्मचारीहरुले ‘ओभर टाइम’ पाउने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्