Skip to content
LAXMI SUNRISE BANK

नेपालमा दुई गैरकानूनी बैंक खुले, राष्ट्र बैंक हेरेको हेर्यै !

अर्थ सरोकार

काठमाडौँ । नेपालमा गैरकानूनी रुपमा दुईवटा बैंक खुलेका छन् । राष्ट्र बैंकको अनुमतिबिना नेपाल किसान बैंक लिमिटेड र राष्ट्रिय खाद्य बैंक लिमिटेड खुलेका हुन् ।

यी दुवै बैंकले बैंक खोल्न राष्ट्र बैंकको स्वीकृति नलिएको खुलासा भएको छ । यतिसम्मकी यी दुवै बैंकले ‘साइनबोर्ड’ नै राखेर कारोबार समेत सञ्चालन गरिरहेको पनि पाइएको छ । 

यसो त बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफा ३२ मा ‘बैंक वा वित्तीय संस्था’ नाम प्रयोग गर्न राष्ट्र बैंकको अनिवार्य स्वीकृति लिनुपर्छ । तर, यी दुवै कम्पनीले नाममा ‘बैंक’ प्रयोग गर्न स्वीकृति लिएका छैनन् ।

यसरी राष्ट्र बैंकको स्वीकृति बिना नै दुईदुई वटा बैंक गैरकानूनी रुपमा सञ्चालन हुँदा पनि राष्ट्र बैंकले ‘एक्सन’ लिएको छैन । यसो त यी दुवै बैंकको कार्यक्षेत्र कृषि र खाद्यान्न रहेको बताइएको छ । तर, कम्पनीको नाममा ‘बैंक’ प्रयोग गर्न राष्ट्र बैंकको अनिवार्य स्वीकृति लिनुपर्ने ऐनमा स्पष्ट व्यवस्था गरिएको छ ।

अझ अचम्मको कुरा, गैरकानूनी सञ्चालन भइरहेको राष्ट्रिय खाद्य बैंकमा नेपाल राष्ट्र बैंककै पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री सल्लाहकार तथा आर्थिक संयोजक छन् । त्यस्तै, राष्ट्र बैंकको सञ्चालक समिति सदस्य डा. शंकरप्रसाद आचार्य सल्लाहकार छन् । यही कारण राष्ट्र बैंक मौन बसेको हुनसक्ने आशंका गरिएको छ ।

यतिसम्म की राष्ट्रिय खाद्य बैंकले वेबसाइट समेत बनाएको छ । तर, नेपाल किसान बैंकको भने आधिकारिक वेबसाइट छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK