काठमाडौँ । कपडा किनेर नक्कली नोट दिने युवक पक्राउ परेका छन् । ललितपुरको लगनखेलस्थित एक पसलमा कपडा किनेर नक्कली नोट दिने १९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले कपडा किनेर दिएको नोटमा शंका लागेपछि पसलेले प्रहरीमा खबर गरेका थिए ।
नक्कली नोटको कारोबार भएको भन्ने सूचना पाए लगत्तै लगनखेल पुगेको जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ती युवकलाई पक्राउ गरेको हो । ती युवकको साथबाट प्रहरीले ५ सय दरका १६ थान नक्कली नोट बरामद गरेको छ ।
ती सबै नोटमा एउटै नम्बर भएको प्रहरीले जनाएको छ । उनलाई नक्कली नोटको कारोबार गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीको भनाई छ । प्रहरीसँगको बयानमा ती युवकले उक्त नोट आफूलाई अरु कसैले दिएको बताएका छन् । हाल प्रहरीले उनका साथीहरुमाथि पनि अनुसन्धान सुरु गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्