Skip to content
LAXMI SUNRISE BANK

‘प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउनू, नत्र मलाई निष्कासन गर्नू’

अर्थ सरोकार

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले आज पनि संसद बैठक बहिष्कार गरेका छन् । साम्पाङले बुधबार बसेको प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका हुन् । 

उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसदमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग माग गर्दै संसद बैठक बहिष्कार गरेका छन् । 

उनले संसद नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न सभामुखलाई आग्रह गरे । लामो समयदेखि आफूहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आए पनि सभामुखबाट प्रभावकारी ‘रुलिङ’ हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

त्यस्तै, उनले प्रधानमन्त्रीलाई संसद बैठकमा उपस्थित गराउनुपर्ने अन्यथा नियमावलीको नियम ३१ को उपनियम (१) प्रयोग गरेर आफूलाई सदनबाट निष्कासन गर्न चुनौती दिएका छन् । 

‘प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको ३१ (१) लागू गरेर मलाई यो सदनबाट निष्कासन गरी सदनको गरिमा बढाइदिनुहुन म अनुरोध गर्दछु ।’, उनले भने, ‘कि त प्रधानमन्त्रीज्यूलाई यहाँ बोलाइदिनु पर्यो, होइन भने मलाई निस्केर जा भन्नुपर्यो ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK