Skip to content
LAXMI SUNRISE BANK

‘जेन-जी आन्दोलनमा गोली हान्न आदेश दिनेहरुमाथि खोतलेर कारवाही गर्नू’- मानवअधिकार आयोग

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनमा गोली चलाउने आदेश दिनेमाथि खोतलेर कारवाही गर्न सुझाव दिएको छ । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका सम्बन्धमा छानविन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै आयोगले यस्तो सुझाव दिएको हो । 

आयोगले जेन-जी आन्दोलनमा आवश्यकता भन्दा बढी बल प्रयोग भएको देखिएको पनि उल्लेख गरेको छ । 

सोही क्रममा गोली चलाउने आदेश कसले दियो ? कसको गोलीबाट को मर्यो ? जस्ता आपराधिक दायित्वको प्रश्न खोतलेर कारवाही गर्न पनि आयोगले प्रतिवेदनमा सुझाव दिएको छ । 

त्यस्तै, जेन-जी आन्दोलनका क्रममा काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीले रबरको गोली चलाउन आदेश दिएको बयान दिए पनि मृत्यु हुने अधिकांशलाई धातुको गोली लागेको भेटिएकोले पनि सो विषयमा थप अनुसन्धान गर्नुपर्ने आयोगको सुझाव छ । 

जेन-जी आन्दोलनका क्रममा भदौ २३ गते गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने सोही दिन गोली लागेर घाइते भएका थप २३ गरी कुल ४२ जनाको मृत्यु भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK