Skip to content
LAXMI SUNRISE BANK

दीपक भट्टसँग जोडिएका व्यक्तिमाथि अनुसन्धान गर्दै सीआईबी

अर्थ सरोकार

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएका व्यक्तिमाथि पनि अनुसन्धान गर्ने भएको छ । सीआईबीले भट्टसँग जोडिएका व्यक्तिहरुमाथि अनुसन्धान सुरु गरेको हो । 

यसरी सीआईबीको अनुसन्धानमा तानिएकामध्ये ५६ जना लगानीकर्ता र विभिन्न कम्पनीका उच्च पदस्थ अधिकारीसमेत रहेका छन् ।

सीआईबीले उनीहरुको सेयर रोक्का राख्न धितोपत्र बोर्डलाई पत्र पठाएको छ । सेयर रोक्कासँगै ‘धितोपत्र सम्बन्धी ऐन, २०६३’ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेकोले उनीहरुको लगानी विवरण खुलाएर पठाउन पनि सीआईबीले निर्देशन दिएको छ । 

योसँगै अनुसन्धानमा तानिएकाहरुको अनुसन्धान नसकिँदासम्म सेयर बिक्री वा हस्तान्तरणमा रोक लगाइने भएको छ । 

हिमालयन रि-इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन सेक्युरिटी बैंकर, क्यापसर्भ लि., गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन इन्भेस्टमेन्ट बैंकर्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्सका व्यवस्थापक तथा मुख्य सेयरधनीमाथि अनुसन्धान सुरु गरिसकेको सीआईबी स्रोतले बताएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK