Skip to content
LAXMI SUNRISE BANK

सीआईएबाट सीआईएकै अधिकारीले चोरे ४ करोड डलर बढीको सुन !

अर्थ सरोकार

काठमाडौँ । अमेरिकी गुप्तचर संस्था सिआईएका एक अधिकृतले संस्थाबाटै ४ करोड डलर बढीको सुन चोरी गरेको खुलेको छ । अमेरिकी सञ्चारमाध्यम द वासिङटन पोस्टले ‘टप-सिक्रेट क्लियरेन्स’ प्राप्त पूर्ववरिष्ठ कार्यकारी डेभिड जे रसले सुन चोरी गरेको खुलासा गरेको हो ।

डेभिड जेले चोरी गरेको सुनका बिस्कुटको मूल्य ४ करोड डलरभन्दा बढी रहेको द वासिङटन पोस्टले उल्लेख गरेको छ ।

द वासिङटन पोस्टका अनुसार उनले चोरी गरेको सो सुन आफने निवासमा लुकाएको भनेको छ । उनले आफूसँग नभएको कलेज डिग्रीहरुको झुटो दाबी गरेको र आफूले नपाउने ७७ हजार डलरको सैन्य बिदाको तलब समेत लिएको द वासिङटन पोस्टले खुलाएको छ ।

रस सीआईएको ‘डाइरेक्टोरेट अफ साइन्स एण्ड टेक्नोलोजी’ मा काम गर्थे । उनको घरमा खान तलासी गर्दा एफबिआईले सुनका बिस्कुट र करिब २० लाख डलर नगद बरामद गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK