काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने भएको छ ।अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी वर्ष २०८३/८४ को बजेट सङ्घीय संसद्को सयुक्त बैठकमा आज प्रस्तुत गर्दै निर्माणाधीन ती अस्पताल सो अवधिमा सम्पन्न गर्ने बताएका हुन् ।
आधारभूत अस्पताल निर्माणका लागि सरकारले रु पाँच अर्ब ९० करोड विनियोजन गरेको अर्थमन्त्री डा वाग्लेले बताएका छन् ।
बजेट वक्तव्यमा मानव विकास सूचकाङ्क कम भएका हरेक प्रदेशका एक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण सुरु नभएका अस्पतालका हकमा वैज्ञानिक नक्साङ्कन गरेरमात्र निर्माण गर्ने अर्थमन्त्री डा वाग्लेले बताएका छन् ।
सङ्घीय विशिष्टकृत अस्पतालमा जलन उपचार सेवा विस्तार गर्ने बजेटमा उल्लेख गरिएको छ । जलनको सघन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्ने उनले बजेटमा उल्लेख गरेका छन् ।
मधेस प्रदेशमा मिगौला उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ । यस्तै, बालबालिकामा हुने क्यान्सर रोगको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने बजेटमा घोषणा गरिएको छ ।
नागरिकस्तरबाट स्थापना भई अन्तरराष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त धुलिखेल सामुदायिक अस्पताल र काठमाडौँ ‘इन्स्टिच्युट चाइन्ड हेल्थ’को स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ ।
तिलगङ्गा आँखा प्रतिष्ठानलाई आँखाको लेन्स उत्पादनमा प्रोत्साहन गर्न कर सहुलियत प्रदान गरिएको बजेटमा उल्लेख गरिएको छ । सरकारले माहामारी रोकथाम तथा प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा दु्रत प्रतिकार्य टोली खटाउने बजेटमा उल्लेख गरिएको छ ।
देशभित्र उत्पादन तथा आपूर्ति औषधि तथा निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न सामग्रीको गुणस्तर र नियमन सुनिश्चित गर्न ‘फुड एण्ड ड्रग एडिमिस्ट्रेशन’ स्थापना गर्ने बजेटमा उल्लेख गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्