Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री भन्छन- ‘हाम्रो ध्यान पैसामा छ’

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाललाई पैसाको आवश्यकता भएकोले सरकारको ध्यान पैसा बढाउनेतिर रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद प्रमेश हमालले गरेको प्रश्नको जवाफ दिँदै उनले उत्पादन र निर्यात बढाउन तत्काललाई नेपाल अल्पविकसित राष्ट्र (एलडिसी) बाट स्तरोन्नति हुने कार्यक्रम स्थगित गरिएको बताए ।

उनले नेपाललाई उत्पादन र निर्यातमुखी अर्थतन्त्रतर्फ लैजान आवश्यक रहेको बताएका छन् । निर्यातमा प्राप्त हुँदै आएका कर छुट तथा व्यापारिक सहुलियतहरूलाई ध्यानमा राखेर सरकारले रणनीतिक कदम चाल्नुपर्ने प्रधानमन्त्रीले उल्लेख गरेका छन् । 

प्रधानमन्त्री शाहले एलडिसी स्तरोन्नतिसँगै नेपाली वस्तु निर्यातमा लाग्ने कर तथा व्यापारिक सुविधामा असर पर्न सक्ने भएकाले सरकारले दुई वर्षसम्मको थप समय लिएको जानकारी दिएका छन् ।

अहिले देशको प्राथमिकता आत्मविश्वास बढाउनेभन्दा पनि आर्थिक गतिविधि विस्तार गर्दै राजस्व र आम्दानी वृद्धि गर्नु रहेको प्रधानमन्त्री शाहको भनाई छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK