काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताहरुले राष्ट्र बैंक घेराउ गरेका छन् । आफूहरुले जम्मा गरेको बचत फिर्ता नपाएपछि आन्दोलित बनेका बचतकर्ताहरुले सोमबार नेपालगञ्जस्थित राष्ट्र बैंकको कार्यालय घेराउ गरेका हुन् ।
कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयबाट नाराबाजीसहित प्रदर्शन सुरु गरेका बचतकर्ताले राष्ट्र बैंक घेराउ गरेका थिए ।
उनीहरुले सरकार र राष्ट्र बैंकले लाइसेन्स दिएकै कारण आफूहरुले बैंकमा पैसा राखेको र अहिले डुबेको भन्दै त्यसको जिम्मा राष्ट्र बैंकले नै लिनुपर्ने माग गरेका छन् ।
प्रदर्शनमा उत्रिएर राष्ट्र बैंक घेराउ गरेका बचतकर्ताहरुले ‘बैंकिङ घोटाला बन्द गर’, ‘हाम्रो पैसा फिर्ता गर’ लगायतका नारा लगाएका छन् । बैशाखमा पहिलो चरणको आन्दोलन गर्दा पनि आफूहरुको माग सम्बोधन नभएको भन्दै जेठ १८ गते (सोमबार) देखि दोस्रो चरणको आन्दोलन सुरु गरेको आन्दोलनमा उत्रिएका बचतकर्ताको भनाई छ ।
बचत फिर्ता नपाउँदा घर चलाउनै मुस्किल भएको तथा उपचारका लागि पनि सकस परेको उनीहरुको गुनासो छ ।
राष्ट्र बैंकका अधिकारीलाई भेटेर कर्णाली डेभलपमेन्ट बैंकमा आफूहरुले गरेको बचत फिर्ता गर्न माग गर्दै बचत फिर्ता नभए राष्ट्र बैंकको गेटमै सामूहिक आत्मदाह गर्ने चेतावनीसमेत बचतकर्ताहरुले दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्