Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा सुरु भयो ‘समुदाय विपद व्यवस्थापन न्यूनिकरण सम्बन्धी कार्यक्रम’

अर्थ सरोकार

काठमाडौँ । कैलालीमा सामुदायिक विपद व्यवस्थापन न्यूनिकरण सम्बन्धी कार्यक्रमको शुभारम्भ गरिएको छ । 

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको आयोजना तथा कैलारी गाउँपालिकाको सहकार्यमा जेठ १८ गते (सोमबार) उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।

कार्यक्रमको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले उद्घाटन गरेका छन् । उक्त कार्यक्रम कैलारी गाउँपालिका, लम्कीचुहा नगरपालिका, घोडाघोडी नगरपालिका र भजनी नगरपालिकामा सञ्चालन हुनेछ ।

कार्यक्रममा बाढीजन्य विपद व्यवस्थापन न्यूनिकरण सम्बन्धी जनचेतना फैलाउने तथा अभ्यास कार्यक्रममार्फत नागरिकलाई सुसूचित पारिने सशस्त्र प्रहरी उपरीक्षक केसीले जानकारी दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK