काठमाडौँ । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ को कार्यालयमा तालाबन्दी गरिएको छ । धनगढी उपमहानगरपालिकाले ‘सरकारी जग्गा अतिक्रमण हटाउनु’ भन्दै सूचना जारी गरेपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
उपमहानगरपालिकाले जेठ १८ गते (सोमबार) जारी गरेको सूचनामा कित्ता नम्बर १०१, १०२, १०३ र ५५३ को जग्गा अतिक्रमण गरेर बनाइएका संरचना ७ दिनभित्र हटाउन अल्टिमेटम दिइएको छ ।
तर, ग्रीनबेल्ट, गाउँ विकास समितिको कार्यालय र चन्द्रोदय निम्न माध्यामिक विद्यालयको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सूचना जारी गरेपछि स्थानीय आन्दोलित बनेका छन् ।
उनीहरुले नगरपालिकाबाटै अस्थायी निस्सा पाएको अवस्थामा ‘अतिक्रमण हटाउनु’ भन्दै पत्र काट्नु गलत भएको बताएका छन् ।
नगरपालिकाको पत्र कार्यान्वयन भए एकैपटक एक सय १० घरधुरी घरबारविहीन हुने र सयौँको उठिबास लाग्ने भन्दै आन्दोलित स्थानीयहरुले उपमहानगरपालिकाको उक्त निर्णय फिर्ता गर्न माग गरेका छन् । अन्यथा, आन्दोलन गर्ने पनि उनीहरुले चेतावनी दिएका छन् ।
यता वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले आफू नागरिककै पक्षमा भएको र सो विषयमा आवश्यक समन्वय गर्ने बताएका छन् । उनले वडाबासीलाई घरबारविहीन नहुनेगरी काम गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्