काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलबार भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकर सँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा भएको भेटमा गृहमन्त्री शाहले लामिछानेलाई रास्वपाको निर्वाचन सफलताप्रति बधाई दिँदै नेपालको नयाँ सरकारको सफलताका लागि भारतको शुभकामना व्यक्त गरेका छन् ।
भारतीय गृहमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार भेटमा भारत र नेपालबीचको विशेष सम्बन्धलाई अझ सुदृढ बनाउन दुवै पक्षले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेटपछि लामिछानेले पनि सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्री जयशंकरसँग नेपाल–भारत सम्बन्ध सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको बताएका छन् । उनले विकास साझेदारी तथा दुई देशबीचका बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको उल्लेख गरेका छन् ।
विदेशमन्त्री जयशंकरले पनि लामिछाने र उनको प्रतिनिधिमण्डलसँगको भेट सुखद रहेको बताउँदै भारत–नेपाल विकास साझेदारी र जनस्तरको सम्बन्धबारे केन्द्रित छलफल भएको जानकारी दिएका छन् । उनले यी सम्बन्धहरूले दुवै देशको विकास र समृद्धिलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले लामिछानेको भारत भ्रमणलाई दुई देशका राजनीतिक दलहरूबीच हुने नियमित सम्पर्कको निरन्तरताका रूपमा व्याख्या गरेका छन् । उनले भारत र नेपालबीच सरकार–सरकार, जनता–जनता तथा सांस्कृतिक तहमा बहुआयामिक साझेदारी रहेको उल्लेख गर्दै यस्ता सम्पर्कहरूले द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप गहिरो बनाउन मद्दत गर्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्