काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति छानविनमा सहभागी नहुने बताएका छन् । काठमाडौँमा आयोजित दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै ओलीले सरकारले सुरु गरेको सम्पत्ति छानविन सहभागी नहुने अडान लिएका हुन् ।
उनले सरकारले सुरु गरेको सम्पत्ति छानविन प्रतिशोधपूर्ण भएको भन्दै त्यसमा आफू सहभागी नहुने बताएका छन् ।
‘…बयान दिन्नँ । त्यसमा सम्पत्ति विवरण भरेर पनि म पठाउँदिन । जे-जे गर्न सक्छ, गरोस् ।’, ओलीले भने, ‘यो राज्य, राज्य होइन, यो पूर्वाग्रहको पोको हो । प्रतिशोधको पोको हो ।’
त्यस्तै, उनले आगो लगाएर खरानी बनाइएका ठाउँमा आफ्नो सम्पत्ति विवरण मागे सम्पत्ति विवरणको साटो खरानी पठाउने पनि बताएका छन् । ‘…आगो लगाएर पुगेन, अब सम्पत्ति विवरण चाहियो रे !’, उनले भने, ‘के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्