Skip to content
LAXMI SUNRISE BANK

जानकी मेडिकल कलेज कर्जा दुरुपयोग प्रकरणः अध्यक्ष पाण्डे पक्राउ !

अर्थ सरोकार

काठमाडौँ । जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन् । पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले धनुषाको छिरेश्वरनाथ-१ रमदैयास्थित जानकी मेडिकल कलेजबाट पक्राउ गरेको हो । 

कृत्रिम कम्पनी खडा गरी डिपिआरबिनै धितोको अस्वभाविक बढी मूल्यांकन गराएर कर्जा लिएको पाइएपछि उनलाई पक्राउ गरिएको सीआईबीका एक उच्च अधिकारीले बताएका छन् । 

ती अधिकारीका अनुसार उनले प्रभु बैंकमा कर्जा लिएका थिए । बैंकबाट लिइएको कर्जाको उनले पटकपटक दुरुपयोग गर्दै अन्यत्र लगानी गरेको खुलेको छ । यसरी बैंकबाट लिइएको कर्जा दुरुपयोग गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको सीआईबीको भनाई छ ।

पाण्डेलाई ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जानकी मेडिकल कलेज सन् २००३ मा स्थापना भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK