Skip to content
LAXMI SUNRISE BANK

१०४ सांसदलाई ४ अर्ब बढी बजेट बाँड्दै बागमती प्रदेश सरकार !

अर्थ सरोकार

काठमाडौँ । बागमती प्रदेश सरकारले सांसदहरुका लागि ४ अर्ब बढी बजेट बाँड्ने तयारी गरेको छ । प्रदेश सरकारले १ सय ४ जना प्रदेश सांसदलाई ४ अर्ब ३२ करोडको बजेट बाँड्ने तयारी गरेको हो । 

प्रदेश सरकारका एक मन्त्रीका अनुसार ७ राजनीतिक दलका १ सय ४ जना प्रदेश सांसदहरुलाई ५ र ३ करोडका दरले बजेट बाँड्ने तयारीमा प्रदेश सरकार छ । 

जसअन्तर्गत प्रत्यक्ष तर्फका ६० जना सांसदहरुलाई ५ करोडका दरले ३ अर्ब रुपैयाँ र समानुपातिकतर्फका ४४ जना सांसदलाई ३ करोडका दरले १ अर्ब ३२ करोड रुपैयाँको बजेट बाँड्ने तयारी गरिएको ती मन्त्रीको भनाई छ । 

बागमती प्रदेशमा काँग्रेसका ३६, एमालेका २५, नेकपाका २६, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK