काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी भाष्कर जोशी पक्राउ परेका छन् । उनलाई अध्यागमनले नियन्त्रणमा लिएर सीआईबीको जिम्मा लगाएको हो ।
अध्यागमनको कालोसूचीमा रहेका उनी भारतबाट नेपाल आउँदै थिए । उनीविरुद्ध सीआईबीले सरकारी सम्पत्ति लिलाम प्रकरणमा अनुसन्धान गरिरहेको छ ।
उनलाई नियन्त्रणमा लिएर सीआईबीको जिम्मा लगाइएको प्रहरीले पुष्टी गरेको छ । प्रहरीका अनुसार उनी एयर इण्डियाको फ्लाइटबाट काठमाडौँ झर्दै थिए । अध्यागमनमा कालोसूचीमा परेको देखेपछि उनलाई नियन्त्रणमा लिएर सीआईबीलाई खबर गरिएको थियो । अहिले उनलाई सीआईबीको जिम्मा लगाईसकिएको प्रहरी प्रधान कार्यालयका सह प्रवक्ता दीप शमशेर जबराले बताए ।
बैंकका सूचना अधिकारी प्रमोद आचार्यले भने भाष्कर राज जोशी बैंककै कर्मचारी भएको तर पक्राउ बारे थाहा नभएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्