काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का प्रदेश सांसद सरोज सिंह घर लेनदेनको मुद्दामा दोषी ठहर भएका छन् । मधेश प्रदेश सांसद सिंहलाई विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु उमेश कोइराला र विदुर प्रसाद कोइरालाको इजलासले दोषी ठहर गरेको हो ।
उनीमाथि योजना छनोटमा बजेटको एक तिहाइसम्म घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लेनदेनको मुद्दा दायर गरेको थियो ।
दोषी ठहर गर्दै विशेष अदालतले सिंहलाई चार वर्ष कैद, विशिष्ट पदमा बसेर कसुर गरेको आरोपमा थप एक महिना कैद र ३८ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
अदालतले उनले आफ्नो खातामा बुझेको ३८ लाख ५० हजार रुपैयाँ पनि जफत गर्न आदेश दिएको छ । त्यस्तै, प्रदेश सांसद सिंहबाट क्षतिपूर्तिबापत एक लाख ५४ हजार रुपैयाँ असुल गरी पीडित राहत कोषमा दाखिला गर्न पनि आदेश दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्