Skip to content
LAXMI SUNRISE BANK

मुकेश अम्बानीलाई पछि पार्दै झाङ बने एशियाकै दोस्रो धनी व्यक्ति, अडानी शीर्ष स्थानमा

अर्थ सरोकार

काठमाडौँ । झाङ यिमिङ एशियाकै दोस्रो धनी व्यक्ति बनेका छन् । टिकटकका सह-संस्थापकसमेत रहेका झाङ भारतीय उद्योगपति मुकेश अम्बानीलाई पछि पार्दै एशियाकै दोस्रो धनी व्यक्ति बनेका हुन् । 

ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार झाङको कुल सम्पत्ति ९३ बिलियन डलर (करिब ८.९ लाख करोड भारतीय रुपैयाँ) पुगेको छ । 

यसअघि एशियाकै दोस्रो धनी व्यक्तिको सूचीमा रहेका रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानी तेस्रो स्थानमा पुगेका छन् । उनको कुल सम्पत्ति ८६ बिलियन डलर रहेको छ । 

त्यस्तै, अडानी समूहका मालिक गौतम अडानी भने एशियाकै सबैभन्दा धनी व्यक्तिको सूचीमा शीर्ष स्थानमा छन् । उनको सम्पत्ति कुल ११.१९ लाख करोड भारतीय रुपैयाँ रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK