Skip to content
LAXMI SUNRISE BANK

दुर्गा प्रसाईं र धवल शमशेर मिलेर नयाँ पार्टी खोल्ने !

अर्थ सरोकार

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवल शमशेर राणा मिलेर नयाँ पार्टी खोल्ने भएका छन् । 

नयाँ पार्टी खोल्नेबारे दुवैबीच समझदारी भएको छ । बिहीबार मात्र शमशेरसहित १ सय ८६ जनाले राप्रपा परित्याग गरेका थिए । शुक्रबार नै राणाले प्रसाईंसँग मिलेर नयाँ पार्टी खोल्ने सहमति गरेका छन् । 

प्रसाईं र राणा मिलेर खोल्ने नयाँ पार्टीमा ६० प्रतिशत युवा तथा महिला सहभागी हुने बताइएको छ । पार्टीको नाम के रहने ? भन्ने विषय भने टुंगो लागिनसकेको प्रसाईंले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK