काठमाडौँ । नेपाल-भारतबीच भएको ‘क्रस बोर्डर पेमेन्ट सम्झौता’ कार्यान्वयनमा आएको छ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरको भेटवार्तामा ‘क्रस बोर्डर पेमेन्ट’ कार्यान्वयन गर्ने सहमति भएको हो ।
योसँगै अब नेपाल र भारतबीच अनलाइनबाटै व्यक्तिगत रकम ट्रान्सफर गर्न सकिने भएको छ । यद्यपि हाल सुरुवातमा निश्चित बैंक तथा वित्तीय संस्थाहरुबाट मात्र यो सेवा सञ्चालन भएको भएको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)का अनुसार यो सेवा सुचारु भएका वाणिज्य बैंकहरुका ग्राहकले आफ्नो बैंकको मोबाइल बैंकिङ अथवा कनेक्ट आईपीएसको मोबाइल एपमार्फत भारतमा रकम पठाउन सक्नेछन् ।
उक्त सेवाका लागि बैंकहरुले मोबाइल बैंकिङ एपमा ‘क्रस बोर्डर फण्ड ट्रान्सफर’को विकल्प राखेका छन् । रकम ट्रान्सफर गर्दा बैंक खाता वा मोबाइल नम्बर जस्ता भर्चुअल पेमेन्ट एड्रेस प्रयोग गर्नुपर्नेछ ।
यता भारततर्फ पनि केही निश्चित बैंकहरुले मात्र ‘क्रस बोर्डर पेमेन्ट’ सेवा सुरु गरेको बताइएको छ । नबिल बैंकले भने आफ्नो मोबाइल बैङ्किङ एप ‘एन बैंक’ मार्फत नेपाल-इन्डिया-नेपाल रियल-टाइम पीटुपी रेमिटेन्स सेवा सुरु गरिसकेको छ । जस अन्तर्गत नबिल बैंकमा खाता रहेको नागरिकले भारतमा रहेका आफ्नो परिवार वा साथीभाईलाई मोबाइल एपबाटै पैसा पठाउन सक्नेछन् भने भारतबाट नेपालमा रहेका परिवार वा साथीभाईलाई पनि नबिल बैंकमा रहेको खातामा रकम पठाउन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्