Skip to content
LAXMI SUNRISE BANK

फुटपाथ खन्नेलाई महानगरले तिरायो १ लाख जरिवाना

अर्थ सरोकार

काठमाडौँ । फुटपाथ खन्नेलाई काठमाडौँ महानगरपालिकाले कारवाही गरेको छ । अनुमति बिना जमलमा फुटपाथ खनेर क्षति पुर्याएको भन्दै महानगरले होल्डिङ फूड एण्ड बेभरेज प्रा.लि. लाई कारवाही गरेको हो ।

कारवाहीस्वरुप उक्त कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना तिराइएको महानगर प्रहरीले जनाएको छ । 

महानगर प्रहरीका अनुसार उक्त कम्पनीले काठमाडौँ महानगरपालिका-१ (जमल) क्षेत्रमा फुटपाथ खनेर क्षति पुर्याएको थियो । अनुमतिबिना फुटपाथ खनेपछि उक्त कम्पनीलाई कारवाही गरिएको महानगर प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK