Skip to content
LAXMI SUNRISE BANK

अमेरिका पठाउने भन्दै साढे ३८ लाख ठगी गर्ने श्रेष्ठ पक्राउ

अर्थ सरोकार

काठमाडौँ । अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भन्दै साढे ३८ लाख ठगी गर्ने ५४ वर्षीय निर्मला कुमारी श्रेष्ठ पक्राउ परेकी हुन् ।

उनले राम्रो देश, राम्रो काम र आकर्षक तलबको प्रलोभनमा पारेर एक जनाबाट सो बराबर रकम ठगी गरी सम्पर्क विहीन भएकी थिइन् । पीडितले दिएको उजुरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले टेकुबाट पक्राउ गरेको हो ।

हाल श्रेष्ठलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK