Skip to content
LAXMI SUNRISE BANK

विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग

अर्थ सरोकार

काठमाडौँ । सर्वोच्च अदालतले विद्यार्थीका मोबाइल नष्ट नगर्न आदेश दिएको छ । बुधबार सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले परीक्षा हलभित्र भेटिएका मोबाइल नष्ट गर्ने कार्य नगर्न अन्तरिम आदेश दिएको हो । 

सिरहामा एसइई र कक्षा १२ को परीक्षाका क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल र स्मार्ट घडीहरु पानीमा डुबाएर नष्ट गरिएका थिए ।

प्रशासनको निर्देशन भन्दै १ करोड बढीका (७ थान आईफोन, ४ सय ८९ थान एन्ड्रोइड फोन र ५ वटा स्मार्ट घडी) सामान नष्ट गरिएपछि अधिवक्ता अनिल कुमार साहसमेतले सर्वोच्चमा रिट दायर गरेका थिए । 

उक्त रिटमा मोबाइल नष्ट गर्ने कार्यमा संलग्न अधिकारीलाई कारवाही गरी पीडित विद्यार्थीलाई क्षतिपूर्तिका लागि आदेश दिन माग गरिएको थियो । उक्त रिटमा विद्यार्थीका मोबाइल जफत गरेर नष्ट नगर्न आदेश जारी गर्दै सर्वोच्चले सिरहा घटनामा के भएको हो ? र रिटमा माग भएबमोजिम आदेश किन जारी नगर्ने ? विषयमा जवाफ पठाउन १५ दिनको म्याद दिएको छ ।

विद्यार्थीका मोबाइल नष्ट गरिएपछि हाल विद्यार्थी र विद्यार्थीका अभिभावकहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले नष्ट भएका आफ्नो मोबाइल र घडीको क्षतिपूर्ति माग गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK