Skip to content
LAXMI SUNRISE BANK

अण्डाको मूल्य बढ्यो, प्रतिगोटा २५ रुपैयाँ !

अर्थ सरोकार

काठमाडौँ । कुखुराको अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागू हुने गरी अण्डाको मुल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको हो ।

योसँगै एक्सएल अन्डा प्रतिक्रेट ५ सय ७५ रुपैयाँ,  ठूलो अन्डा प्रतिक्रेट ५ सय ६० रुपैयाँ र मिडियम अन्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ कायम भएको छ । त्यस्तै, सानो अन्डाको मूल्यमा भने प्रतिपेटी २ सय रुपैयाँ वृद्धि भई ३ हजार २ सय पुगेको छ । यसअघि सानो अण्डा प्रतिपेटी ३ हजार रुपैयाँ थियो ।

प्रतिगोटा अण्डाको मूल्य भने २५ रुपैयाँ तोकिएको संघले जनाएको छ ।

संघले सम्पूर्ण व्यवसायी, फार्म सञ्चालक तथा सरोकारवालालाई नयाँ मूल्य अनुसार नै कारोबार अघि बढाउन आग्रह गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK