काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको इस्युअर रेटिङ स्तरोन्नति भएको छ । कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी बिबिबी प्लसबाट स्तरोन्नति गर्दै केयर एनपी ए माइनस प्रदान गरेको हो ।
यो स्तरोन्नति कम्पनीको सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, सुधारोन्मुख व्यावसायिक कार्यसम्पादन, सुशासनप्रतिको प्रतिबद्धता तथा बीमित एवं सरोकारवालाप्रति निरन्तर विश्वास कायम गर्न सफल भएको प्रमाणका रूपमा लिइएको छ । केयर–एनपी ए माइनस मूल्याङ्कनले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको तथा अघिल्लो मूल्याङ्कनको तुलनामा अझ उत्कृष्ट संस्थाका रूपमा स्थापित भएको संकेत गर्दछ ।
कम्पनी व्यवस्थापनले उक्त स्तरोन्नति सम्पूर्ण सरोकारवालाहरूको विश्वास, सहयोग र प्रतिबद्धताको प्रतिफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि ग्राहक सेवा, संस्थागत सुशासन, नवप्रवर्तन तथा दीर्घकालीन वित्तीय स्थायित्वलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।
कम्पनीले जीवन बीमामार्फत व्यक्तिहरू तथा परिवारहरूको आर्थिक सुरक्षा, बचत तथा भविष्य सुनिश्चित गर्ने उद्देश्यले विविध जीवन बीमा योजनाहरू प्रदान गर्दै आएको छ ।
देशव्यापी शाखा सञ्जाल, उपशाखा तथा हजारौं अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले जीवन बीमाको पहुँचलाई देशका विभिन्न समुदायसम्म पुर्याउँदै आएको छ । ग्राहक केन्द्रित सेवा, डिजिटल प्रविधिको प्रयोग, जिम्मेवार लगानी व्यवस्थापन तथा नवीनतम बीमा समाधानमार्फत कम्पनीले नेपाली बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ ।
व्यावसायिक गतिविधिसँगै आईएमई लाइफले स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता, सामुदायिक विकास तथा सामाजिक उत्थानका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । कम्पनीले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ विभिन्न सामाजिक अभियानहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्