काठमाडौँ । म्याद सकिन (एक्सपाएर) एक वर्ष मात्र बाँकी रहेका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तत्काललाई नछापिने भएको छ । एक्सपाएर हुन १ वर्ष म्याद मात्र बाँकी रहेका साढे ३ लाख लाइसेन्स तत्काललाई नछापिने भएको हो ।
त्यस्ता लाइसेन्सहरु नवीकरण भएपछि मात्र छापेर दिइने विभागले जनाएको छ । विभागका अनुसार तत्काल चाहिएको खण्डमा भने निवेदनका आधारमा लाइसेन्स छापिने छ ।
हाल लाइसेन्सको अवधि ५ वर्ष छ । म्याद सकिन १ वर्ष मात्र बाँकी रहेका लाइसेन्स छापेर पठाउँदा सम्बद्ध व्यक्ति लिन ढिला आउने भएकाले पनि यस्ता लाइसेन्स नवीकरणपछि छापेर दिने निर्णय गरिएको विभागको भनाई छ ।
अहिले छापेर दिए पनि एक वर्षमै फेरि नवीकरण गर्नुपर्दा त्यसले राज्यमाथि आर्थिक भार थोपरिनुका साथै व्यवहारिक रुपमा पनि उपयुक्त नदेखिने विभागको भनाई छ । अब नवीकरण गर्दा भने लाइसेन्सको अवधि १० वर्ष रहनेछ ।
हालसम्म छाप्न बाँकी रहेका २९ लाख लाइसेन्समध्ये १८ लाख २ हजार २ सय ४८ लाइसेन्स छापिसकेको विभागले जनाएको छ । विभागका अनुसार ८८ हजार ४ सय ९५ लाइसेन्स छाप्ने प्रक्रियामा रहेको र १० लाख ९ हजार २ सय ५७ लाइसेन्स छाप्न बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्